२०८३ असोज २५ गते आइतबार

फाइनलमा चुक्याे गण्डकी, उपाधि हेल्प नेपालकाे पाेल्टामा

फाइनलमा चुक्याे गण्डकी, उपाधि हेल्प नेपालकाे पाेल्टामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २६ गते शनिबार ०६:३३

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो । हेल्प नेपालले २५–२२,...

लिग चरणकाे अपराजित गण्डकी ३–१ ले पराजित

काठमाडौं ।

आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ ।

फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो ।

जितसँगै हेल्प नेपालले सातौं प्रधानमन्त्री कपको उपाधी रक्षा गरेको छ ।

गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।

महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गरेको हो । पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति २०८१ जेठ २६ गते शनिबार ०६:३३
हजुरको प्रतिक्रिया