२०८३ असोज २५ गते आइतबार

गण्डकी प्रदेशस्तरीय फुटबलः सेमिफाइनल समिकरण पूरा

गण्डकी प्रदेशस्तरीय फुटबलः सेमिफाइनल समिकरण पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २६ गते शनिबार ०८:०३

प्रतियोगितामा म्याग्दी, कास्की, तनहुँ र बागलुङले सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पोखरा

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगितामा म्याग्दी, कास्की, तनहुँ र बागलुङले सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

शनिबार भएको पहिलो खेलमा स्याङजालाई टाइव्रेकरमा ४–३ ले पराजित गर्दै म्याग्दी सेमिफाइलनको यात्रा तय गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा स्याङजाका दुई खेलाडी गोल गर्न चुक्दा एक खेलाडीबाहेक अन्य खेलाडीले गोल गर्दा म्याग्दी सेमिफाइनल पुगेको हो ।

दोस्रो खेलमा कास्की नवलपुरलाई ४–० गोलले पराजित गरेको छ । ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुरविरुद्ध गोल गर्दै कास्कीलाई पहिलो अग्रता दिलाएका थिए । ४५ औं, ४८ औं र ५४ औं मिनेटमा कास्कीका खेलाडीले गोल गर्दै ४–० को जित दर्ता ग¥यो ।

आजै भएको तेस्रो खेलमा बागलुङले पर्वतमाथि ४–० सहज जित निकालेको छ । खेलमा बागलुङका आयूष खड्काको ह्याट्रिक गरे । उनले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । बागलुङकै निश्चल महतले ७१ औं मिनेटमा गोल गर्दै ४–० ले जित हात पा¥यो ।

चौथो खेलमा तनहुँले लमजुङलाई ५–० को गोल अन्तरले पराजित गरेको छ । गोरखाविरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको थियो । तनहुँका सन्तबहादुर गुरुङले ह्याट्रिकसहित ४ गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ औं मिनेटमा गोल गरे । तनहुँका सौगात गुरुङले ३३औं मिनेटमा एक गोल गरेका थिए ।

प्रतियोगितामा आइतबार सेमिफाइलनमा खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा म्याग्दीले कास्कीको सामना गर्नेछ भने दोस्रो सेमिफाइलनमा बागलुङ र तनहुँबिच खेल हुनेछ । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८१ जेठ २६ गते शनिबार ०८:०३
हजुरको प्रतिक्रिया