२०८३ साउन २१ गते बिहीबार

पोखरामा स्काउटको एड्भेन्चर फेस्ट सुरु

पोखरामा स्काउटको एड्भेन्चर फेस्ट सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ५ गते बुधबार ०७:०९

नेपाल स्काउटको ७३औं स्थापना दिवसको अवसरमा स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखराको शान्तिबन बाटिकामा दोस्रो एड्भेन्चर फेस्ट सुरु भएको हो ।

पोखरा
पोखरामा स्काउटको एड्भेन्चर फेस्ट सुरु भएको छ । नेपाल स्काउटको ७३औं स्थापना दिवसको अवसरमा स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखराको शान्तिबन बाटिकामा दोस्रो एड्भेन्चर फेस्ट सुरु भएको हो ।

शनिबारसम्म चल्ने कार्यक्रमको उद्घाटन प्रदेशका भौतिक पुर्वाधारमन्त्री राजिव गुरुङले गरेका हुन् । पहिलो दिन विभिन्न विद्यालयबाट ६७० विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीले विभिन्न २५ प्रकारका साहसिक खेलमा अभ्यास गर्नेछन् ।

कार्यक्रममा २ हजार ५ सय विद्यार्थीको सहभागिता हुने आयोजकको विश्वास छ । विद्यालय तहका विद्यार्थीलाई विभिन्न साहसिक क्रियाकलापमा सहभागी गराई विपद्को हुनसुकै बेलामा उद्दार कार्यमा केही हदसम्म भए पनि सक्षम बनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको स्काउट प्रदेश कार्यालय प्रमुख बिजय पौडेलले जानकारी दिए ।

प्रकाशित मिति २०८१ असार ५ गते बुधबार ०७:०९
हजुरको प्रतिक्रिया