२०८३ असोज २५ गते आइतबार

सांसद फणीन्द्र देवकोटालाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

सांसद फणीन्द्र देवकोटालाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १० गते सोमबार ०३:५२

सर्वोच्च अदातलले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ ।

पोखरा
सर्वोच्च अदातलले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतको एकज इजलासले गत जेठ ३२ गते सभामुखको निणर्य मुद्दा किनारा नलागेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सभामुखको निणर्य तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भुमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने भन्दै सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग गरेको नदेखिनुको साथै सो पार्टीले निवेदकलाई कारबाही गरी निष्कासन गरेको समेत नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

निवेदक आवद्ध नभएको राजनीतिक दल नेकपा (माओवादी केन्द्र) बाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार उल्लिखित संवैधानिक र कानूनी व्यवस्थाको रोहमा प्रत्याभूत गरेको नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८१ असार १० गते सोमबार ०३:५२
हजुरको प्रतिक्रिया