२०८३ साउन २१ गते बिहीबार

पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियोः ओली

पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियोः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार १२:५२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनाआवश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् । शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा...

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनाआवश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् ।

शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषयमा महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए ।

उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा सो विषयसँग छलफल हुने बताए ।

पार्टीमा कतिपय कुराहरु अनाआवश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पारे ।

उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘विधान महाधिवेशनमा बेला केही विषयहरु अनावश्यक ढंगले अघि बढाइएको छन । ती कुराहरु विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरु अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । ती स्थायी कमिटी वा केन्द्रिय कमिटीमा छलफल मा विषय बनाउँछौं। विधान महाधिवेशनमा विधानमा विषयमा केन्द्रिय भएर छलफल हुन्छ ।’

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रश्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् । प्रधानमन्त्री ओलीले सोही कार्यसूचिमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताए ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार १२:५२
हजुरको प्रतिक्रिया