पोखरा
पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार २ खेल जित्दै समूह ए बाट सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वस्थित कभर्ड हलमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–२१, २५–२७, २५–१८ र २५–१३ ले पराजित गरेको हो ।
मधेशमाथि ३–१ को जित हात पार्दै सुदूरपश्चिमले सेमिफाइनल यात्रा तय गरेको हो ।पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३–१ ले हराएको थियो । मधेशको भने यो दोस्रो हार हो ।
पहिलो खेलमा बागमती प्रदेशसँग ३–१ ले हारेको मधेशको नतिजा दोस्रो खेलमा पनि उही रह्यो । आजको महिलातर्फको खेलमा दुई खेल जित्दै कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।
त्यस्तै अर्को खेलमा गण्डकीले सुदूरपश्चिमको महिला टिमलाई ३–१ ले हराएको हो ।
अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र कोशी प्रदेशबीच भएको थियो । गण्डकीले कोशीलाई ३–० को सोझो सेटमा जीत निकाल्दै सुखद सुरुवात गरेको छ । कोशीले २ खेल खेल्दा एकमा जीत र एकमा हार व्यहोरेको छ ।
बुधबार प्रतियोगिता अन्तर्गत ४ खेल हुनेछ । पहिलो खेल महिलातर्फ कर्णालीले लुम्बिनीको सामना गर्दा बागमतीले सुदरपश्चिमसँग भिड्नेछ ।
पुरुषतर्फ कर्णाली भर्सेस बागतमीको खेल हुँदा लुम्बिनीले गण्डकीको सामान गर्ने खेलतालिका छ ।
असार १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८१ असार ११ गते मंगलबार ०६:४५




