२०८३ असोज २५ गते आइतबार

नेपाली आर्मीले जित्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

नेपाली आर्मीले जित्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार ०८:३३

पोखरा रंगशालामा बुधबार भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ५–१ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

पोखरा

पोखरामा भएको पाँचौँ गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि नेपाली आर्मीले जितेको छ । पोखरा रंगशालामा बुधबार भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ५–१ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

उपाधि जितेसँगै आर्मीले ५० हजारसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता बनेको पुलिसले ३० हजारमा चित्त बुझायो । कर्णाली प्रदेशलाई ७–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो बन्यो । तेस्रो बनेको गण्डकीले १५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा विधागततर्फ पनि आर्मीका खेलाडीको वर्चश्व रह्यो । आर्मीका दीपेन्द्र ऐर सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

आर्मीकै प्रदीप राजवंशी उत्कृष्ट स्कोरर, आर्मीकै पुरन ओली उत्कृष्ट गोलकिपर, आर्मीकै रोशन चौधरी उत्कृष्ट डिफेन्टर र कर्णालीका सुशान्त रोकाए उदयीमान खेलाडी घोषित भए । सोमबारबाट सुरु भएको प्रतियोगितामा ६ प्रदेशसहित दुई विभागीय टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार ०८:३३
हजुरको प्रतिक्रिया