२०८३ असोज २५ गते आइतबार

एमालेले भन्योः पोखराका मेयर इशारामा चले, महानगर भ्रष्टचारको दलदलमा फस्यो

एमालेले भन्योः पोखराका मेयर इशारामा चले, महानगर भ्रष्टचारको दलदलमा फस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १८ गते मंगलबार ०६:५३

पोखरा नेकपा एमाले पोखरा महानगर कमिटिले मणिपाल शिक्षण अस्पतालको भवन नक्सा पास सम्पन्न प्रमाणपत्र सम्बन्धमा राजश्व छुट दिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्सा...

पोखरा
नेकपा एमाले पोखरा महानगर कमिटिले मणिपाल शिक्षण अस्पतालको भवन नक्सा पास सम्पन्न प्रमाणपत्र सम्बन्धमा राजश्व छुट दिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्सा पास सम्पन्न दिदाँ करोडौँ राजश्व हिसाब नमिलेको भन्दै पोखरा महानगरपालिका भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएको हाे ।

महानगर नेतृत्वले किर्ते निणर्य गर्ने र स्वार्थ समूहको इशारामा विवादास्पद निणर्य गरेको एमाले महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले बताए । १५ औँ नगरसभाले नक्सा पासको राजश्व छुटको निणर्य बदर गरेको छ । राजश्व छुट दिने निणर्य बदनियतपूणर् नभएको भए कसरी नकसा पास गरियो भन्दै मेयर धनराज आचार्यलाई एमालेले प्रश्न गरेको छ ।

कति राजश्व कायम भयो ? महालेखा परिक्षकको २०७६ /०७७ ०७९/०८० को प्रतिवेदनले के औँल्याएको थियो ? त्यति राजश्व किन नलिनु पर्ने हो ? लगायतका प्रश्न एमालेले महानगर नेतृत्वप्रति उठाएको हो ।

महानगर प्रमुख निश्चित इशारामा चलेको अध्यक्ष आचार्यले आरोपसमेत लगाए । एमालेले कार्यपालिका बैठक लाइभ गर्न र हिसाब नमिलेका विषय स्पष्ट पार्न माग गरेको छ । आगामी दिनमा अपारदर्शी निणर्यका श्रृङ्खला नरोकिएमा आन्दोेलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी एमालेले दिएको छ ।

प्रकाशित मिति २०८१ असार १८ गते मंगलबार ०६:५३
हजुरको प्रतिक्रिया