२०८३ साउन २१ गते बिहीबार

बाढी पहिरो : ७४ जनाको मृत्यु, एकसय ६१ घर डुबानमा

बाढी पहिरो :  ७४ जनाको मृत्यु, एकसय ६१ घर डुबानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २४ गते सोमबार ०६:०८

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

काठमाडौं ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कणर्ाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साथै काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कणर्ाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँचजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ असार २४ गते सोमबार ०६:०८
हजुरको प्रतिक्रिया