२०८३ असोज २५ गते आइतबार

कालिकास्थान–पुडिटार–लामेआहाल सडकको शिलान्यास

कालिकास्थान–पुडिटार–लामेआहाल सडकको शिलान्यास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २५ गते मंगलबार ०६:५१

पोखरा पोखराको कोत्रे–बिरौटा सडकखण्ड अन्र्तगतको कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नती हुने भएको छ । बिहिबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र संघीय सराकार अन्र्तगतको सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले...

पोखरा
पोखराको कोत्रे–बिरौटा सडकखण्ड अन्र्तगतको कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नती हुने भएको छ । बिहिबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र संघीय सराकार अन्र्तगतको सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले उक्त सडकखण्डको शिलान्यास गरे ।

विश्व बैंकको आर्थिक सहयोगमा बन्ने सडकका लागि आशिस निर्माण सेवा चितवनले निर्माणको जिम्मा पाएको छ । ३ सय ९० दिनमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग असार ६ गते सम्झौता भएको महानगरका पूर्वाधार विकास महाशाखा इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । २०८२ असार ३१ गते निर्माण सम्पन्न मिति रहेको सम्झौतामा उल्लेख छ ।

भ्याट र पिएससहित १ अर्ब ८ करोड ४८ लाख ९१ हजार लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले घटीघटाउनमा ७७ करोड ६८ लाख ९२ हजारमा संझौता गरेको हो । यो रकम लागत अनुमान भन्दा २८.६७ प्रतिशत कम हो । दुइ खण्डमा निर्माण हुने सडकको वडा नम्बर ३३ को कार्यालयदेखि उपल्लो पुडिटारसम्म ९ दशमलब ६२७ र दोस्रो खण्ड पृथ्वीारजमार्ग लामेआहालदेखि पुडिटारसम्म २ दशमलब ८१३ किलोमिटर गरि १२ दशमलब ४४ किलोमिटर रहेको छ ।

सडक दुइ लेनको बन्ने भएको छ । ३ दशमलब ५ मिटरको एउटा लेन हुने छ भन् दुवै तर्फ २/२ मिटर चौडाइका फुटपाथसहितको नाला र स्ट्रेट लाइट लाइट जडान हुने छ । पोखरा महानगर अन्र्तगत बन्ने तीनवटा सडकका लागि लागि २०७७ फागुन २१ मा सहरी विकास मन्त्रालय अन्र्तगतको एनयुजीआइपी विश्व वैंकसंग महानगरले संझौता गरेको थियो ।

तीन वटा सडकका लागि करिब तीन अर्ब ४२ करोड २७ लाखको संझौता भएकोमा अहिले तीनवटै सडक निर्माण प्रकृया सुरु भइसकेको छ । सडकको शिलान्यस गदै महानगर प्रमुख धनराज आचार्यले पृथ्वी राजमार्गको विकल्पमा लामेआहाल–बिरौटा सडक प्रयोग हुने बताए ।

सहरी पूर्वाधार बनाउने क्रमममा महानगरको यो महत्वपूर्ण सडक हुने आचार्यले दावी गरे । निर्माण समयमा सम्पन्न गर्नका लागि स्थानीयवासीको सहयोग आवश्यक पर्ने भएकाले सहयोग गर्न उनले आग्रह थियो ।

 

प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार ०६:५१
हजुरको प्रतिक्रिया