२०८३ साउन २१ गते बिहीबार

स्थानीय तहमा समस्याग्रस्त सहकारी छैनन् : सभापति थापा

स्थानीय तहमा समस्याग्रस्त सहकारी छैनन् : सभापति थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ७ गते सोमबार ०१:४३

संसदीय सहकारी छानविन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरुको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्

काठमाडौं । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरुको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्

सोमबार बसेको सरकारी छानविन विशेष समितिको बैठकपश्चात उनले स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी रेहकोमा समस्याग्रस्त सहकारी स्थानीय तहमा नरहेको बताए ।

उनले भने,‘देशभरको सहकारीको तस्वीर थाहा होस भनेर ७ सय ५३ वटै पालिका र सातवटै प्रदेशको क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीहरुको बारेमा विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएका छौ । स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी छन्, तर समस्याग्रस्त सहकारी स्थानीय तहमा छैन् ।’

सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुने उनको भनाई छ ।

उनले भने,‘समग्र अवस्था हेर्दा सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुन्छ ।’

प्रकाशित मिति २०८१ साउन ७ गते सोमबार ०१:४३
हजुरको प्रतिक्रिया