२०८३ असोज २३ गते शुक्रबार

गलेश्वर शिवालयमा एकैदिन ३ लाख ७२ हजार भेटी संकलन

गलेश्वर शिवालयमा एकैदिन ३ लाख ७२ हजार भेटी संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ८ गते मंगलबार ११:३१

सोमबार साँझसम्म दर्शन र पुजाआजाका लागि आएका भक्तजनले भेटी चढाएका हुन् ।

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउनको पहिलो सोमबार ३ लाख ७२ हजार ३७३ रुपैयाँ भेटी संकलन भएको छ ।

मंगलबार भेटी गनेर सार्वजनिक गरिएको हो ।

सोमबार साँझसम्म दर्शन र पुजाआजाका लागि आएका भक्तजनले भेटी चढाएका हुन् । मन्दिरमा संकलन भएको रकम मुचुल्का गरेर प्रहरीकै सुरक्षामा राख्ने गरिन्छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासका साथ मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

प्रकाशित मिति २०८१ साउन ८ गते मंगलबार ११:३१
हजुरको प्रतिक्रिया