२०८३ असोज २३ गते शुक्रबार

बजारमा ‘हिउँका गुच्छाहरू’

बजारमा ‘हिउँका गुच्छाहरू’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १२ गते शनिबार ०८:४७

कवि ढकालले आफूले जीवनमा देखेका र भोगेका विषयलाई कवितामा उतारेको धारणा राखे ।

पोखरा

कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ बजारमा आएको छ । कविता संग्रहकोे शनिवार पोखरामा लोकार्पण गरिएको हो ।

गीतकार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।

सरुभक्तले कविताले दर्शन बोकेको बताए । कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गरेको उनको भनाइ छ , समालोचकले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्न उनको सुझाव छ ।

कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले कविता संग्रहमा नेपाली समाजको सग्लो चित्र उतारिएको उल्लेख गरे । कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि ढकालले आफूले जीवनमा देखेका र भोगेका विषयलाई कवितामा उतारेको धारणा राखे ।

६१ कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रालिले गरेका हो । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।

प्रकाशित मिति २०८१ साउन १२ गते शनिबार ०८:४७
हजुरको प्रतिक्रिया