२०८३ असोज २५ गते आइतबार

सहमति नजिक पुग्यो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, बिहीबार टुंगिने

सहमति नजिक पुग्यो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, बिहीबार टुंगिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ११:४२

कार्यदलको बैठक बिहीवार बिहान ८ बजे पुनः बस्नेछ ।

काठमाडौं

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ ।

सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवम नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुंग्याउने चरणमा पुगेको बताए ।

बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए ।

सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निस्कर्षमा पु¥याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पु¥याउनुपर्ने बताए ।

अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताए । कार्यदलको बैठक बिहीवार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ११:४२

हजुरको प्रतिक्रिया