२०८३ असोज २५ गते आइतबार

काभा वुमन्स लिगः श्रीलंकालाई हराउदै नेपालको सुखद सुरुवात

काभा वुमन्स लिगः श्रीलंकालाई हराउदै नेपालको सुखद सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १७ गते बिहीबार ०८:१६

नेपालले श्रीलंकालाई २५–१९, २५– १८ र २५–१९ ले पराजित गरेको हो ।

पोखरा

काभा वुमन्स लिगमा नेपालले सुखद सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

नेपालले श्रीलंकालाई २५–१९, २५– १८ र २५–१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४–२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन ।

तेस्रो सेटमा ७–३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५–१५ को स्थितिमा आएर कमब्याक ग¥यो । नेपालले अग्रता बनाउँदै जित हात पा¥यो ।

बिहीबारकै खेलबाट मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गरेका छन् ।

यसअघि रसियासँगको भएको पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले खेलेका थिए । यद्दपी त्यो अन्तराष्ट्रिय प्रतियोगिता थिएन ।

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसहित प्रतियोगितामा भारत, इरान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् ।

 

प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार ०८:१६
हजुरको प्रतिक्रिया