२०८३ साउन २१ गते बिहीबार

काभा भलिबलः भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काभा भलिबलः भारतविरुद्ध नेपालको ऐतिहासिक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १९ गते शनिबार ०८:२१

शनिबार नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो ।

पोखरा

महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ ।

काठमाण्डौ त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी काभा महिला भलिबल लिगमा शनिबार नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन ग¥यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा पु¥यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुगेका थिए । जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति २०८१ साउन १९ गते शनिबार ०८:२१
हजुरको प्रतिक्रिया