२०८३ असोज २५ गते आइतबार

पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँलाई संसदीय समितिले लियो बयान

पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँलाई संसदीय समितिले लियो बयान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २८ गते सोमबार ०७:४५

संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग बयान लिएको छ।

काठमाडौ

संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग बयान लिएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ समेत रहेका सिंहसँग सोधपुछ गरेको सभापति सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भने,‘ पहिले हामीले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहलाई समितिमा बोलाएर उहाँको सहकारीमा प्रतिबद्धता के हो र बचतकर्ताको बचत फिर्ता गर्नेगरी प्रतिबद्धता गर्नुभएको छ । त्यसबारे नै सोधपुछ गरेको छौं ।’

साथै सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंहसँग सोधपुछ गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति २०८१ साउन २८ गते सोमबार ०७:४५
हजुरको प्रतिक्रिया