२०८३ साउन २१ गते बिहीबार

१५ औं संस्करणकाे सफल म्याराथनकाे तयारी शुरू

१५ औं संस्करणकाे सफल म्याराथनकाे तयारी शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २७ गते सोमबार ०७:४९

अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा प्रथम, दिृतिय, तृतिय हुने बिजेताहरुले क्रमस नगद रु. दुईलाख, एक लाख, पचहत्तर हजार र पच्चीस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैवर्ष थप गरिएको हाफ म्याराथन विजेताले भने एक लाख, द्धित्तीय हुनेले ७५ हजार, तृतीय ५० हजार र चौथो १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

महिलाका लागि यस वर्षदेखि हाफ म्याराथन थपियाे

पाेखरा । पोखरामा १५ औं संस्करणकाे सफल अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिता आगामी फागुन १ गते हुँदैछ । प्रतियोगितामा अन्तर्राष्ट्रियका लागि ४२.१९५ किमि र महिलाका लागि हाफ २१ किमिको दौड हुनेछ ।

२१ किमिको हाफ म्याराथन यस वर्षबाट थप गरिएको हो । प्रतियोगितामा ह्वील चियर महिला/पुरुष दौड, दृष्टिविहीन महिला/पुरुष र १० किमि महिला/पुरुष र पाँच किमि विद्यार्थी दौडलाई निरन्तरता दिइएको छ ।

महिलालाई थप आकर्षित गराउन हाफ म्याराथन राखिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका लागि १९ वटा उपसमिति गठन गरेर तयारी थालिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा प्रथम, दिृतिय, तृतिय हुने बिजेताहरुले क्रमस नगद रु. दुईलाख, एक लाख, पचहत्तर हजार र पच्चीस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैवर्ष थप गरिएको हाफ म्याराथन विजेताले भने एक लाख, द्धित्तीय हुनेले ७५ हजार, तृतीय ५० हजार र चौथो १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

यसैगरी ह्वीलचियर दौड (महिला/पुरुष) मा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दृष्टिविहीन (महिला/पुरुष) दौडमा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी १० किमि दौड (महिला/पुरुष) मा प्रथम हुनेले १५ हजार, द्धित्तीय हुनेले १० र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पाँच किमि विद्यार्थी दौड विजेताले प्रथमले १० हजार र द्धित्तीयले आठ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०७:४९
हजुरको प्रतिक्रिया