२०८३ असोज २५ गते आइतबार

परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसरः पूर्वराजदुत दीपकुमार उपाध्याय

परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसरः पूर्वराजदुत दीपकुमार उपाध्याय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २ गते आइतबार ११:०४

पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने जिकिर गरे । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई उनले सुझाव दिएका छन् ।

काठमाडौं ।

भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए ।

पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने जिकिर गरे ।

नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेकोमा उनको जोड थियो ।

समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने उनको भनाइ छ ।

उनले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव पनि दिएका छन् । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको उनले बताए ।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई उनले सुझाव दिएका छन् ।

नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको उपाध्यायको भनाइ थियो ।

प्रकाशित मिति २०८१ भदौ २ गते आइतबार ११:०४
हजुरको प्रतिक्रिया