२०८३ कात्तिक १० गते सोमबार

घाँसीकुवामा हिजो साँझ खसेको पहिरो पन्छाउन अझै केहि समय लाग्ने

घाँसीकुवामा हिजो साँझ खसेको पहिरो पन्छाउन अझै केहि समय लाग्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ६ गते बिहीबार ०९:२८

जिल्ला प्रहरी कार्यालय तनहुँले ठुला र लामा दुरीको सवारीलाई पोखरा–लेखनाथ–बेगनासताल–लमजुङ हुँदै डुम्रे जोड्ने सडक तथा सानो दुरीका र साना सवारीसाधनलाई घाँसीकुवाबाट रानीगाउँ हुँदै तालघरे–दमौली जोड्ने सहायक मोटरबाटो प्रयोग गर्न अनुरोध गरेको हो ।

तनहुँ ।

पृथ्वीराजमार्गको तनहुँ खण्ड अन्तर्गत घाँसीकुवामा पहिरो खस्दा हिजो साँझ देखि सडक अवरूद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले ठुला र लामा दुरीको सवारीलाई पोखरा–लेखनाथ–बेगनासताल–लमजुङ हुँदै डुम्रे जोड्ने सडक तथा सानो दुरीका र साना सवारीसाधनलाई घाँसीकुवाबाट रानीगाउँ हुँदै तालघरे–दमौली जोड्ने सहायक मोटरबाटो प्रयोग गर्न अनुरोध गरेको हो ।

अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको र पहिरो पन्छाउन अझै केहि समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार ०९:२८
हजुरको प्रतिक्रिया