२०८३ साउन २१ गते बिहीबार

पोउवा संघको अध्यक्ष पदमा गोकर्ण कार्कीको एकल उम्मेदवारी

पोउवा संघको अध्यक्ष पदमा गोकर्ण कार्कीको एकल उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ६ गते बिहीबार ०४:११

पोखरा । पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी कार्यकालका लागि संघकाे अध्यक्ष पदमा उमेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । यसअघि टीम नै बनाएर प्यानल घोषणाको तयारी गरेका कार्कीले अहिले अध्यक्ष पदमा...

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी कार्यकालका लागि संघकाे अध्यक्ष पदमा उमेद्वारी दिने औपचारिक घोषणा गरेका छन् ।

यसअघि टीम नै बनाएर प्यानल घोषणाको तयारी गरेका कार्कीले अहिले अध्यक्ष पदमा मात्रै एकल उम्मेदवारी घोषणा गरेका हुन् ।

यता, अघिल्लो पटक अध्यक्ष पदमा चुनाव लडेका अर्जुन पोखरेलले प्यानलसहित अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । पाेखरेलले पदाधिकारीसहित नै उमेद्वारीकाे घोषणा गरेका हुन् ।

अर्जुन प्यानलबाट उमेद्वार बनेका उद्योगी व्यवसायी विगतमा आफ्नै टीमका भएको भन्दै कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने मनशायका साथ अघि बढेको भन्दै वक्तव्य जारी गरेका छन् ।

यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका साथीहरु कार्यसमितिमा रहँदा आफैलाई काम गर्न सजिलो हुने भएको भन्दै वक्तव्यमा विगतका आफ्नै टीमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको उल्लेख गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नाे उमेद्वारी र दावी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताएका छन् ।

आगामी भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ ।

गोकर्ण कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाव लडेको भएपनि पराजित बनेका थिए । उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा रही कार्यरत छन् ।

अर्जुन पोखरेल २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमशः उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष भएर अनुभव लिइसकेका छन् ।

प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार ०४:११
हजुरको प्रतिक्रिया