२०८३ असोज २३ गते शुक्रबार

आगलागीबाट क्षति व्यहोरेको नेपाली जुत्ता घर पुनः सञ्चालन

आगलागीबाट क्षति व्यहोरेको नेपाली जुत्ता घर पुनः सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १०:१३

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर सञ्चालनमा ल्याइएको हो ।

पोखरा ।

आगलागीबाट क्षति व्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः सञ्चालनमा आएको छ ।

असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा सुरु गर्न लागेको हो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर सञ्चालनमा ल्याइएको हो ।

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र ३ हजार भन्दा धेरै डिजाईनका जुत्ताहरु उपलब्ध हुने बताइएको छ ।

मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयाँमा उपलब्ध गराइनेछ ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १०:१३
हजुरको प्रतिक्रिया