पाेखरा । जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशाेक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जतिसक्दाे छिटाे बालुवाटारबाट गुन्टा कस्न अनुराेध गरेका छन् ।
पाेखरामा जसपाले आयोजना गरेकाे जनप्रदर्शनलाई सम्बाेधन गर्दै राईले ओलीकाे प्रतिगमनका विरूद्द जनता जागिसकेकाे हुँदा ओलीले जतिसक्दाे छिटाे गुन्टा कसेर बालुवाटारबाट डेरा सर्दा देशले निकास पाउने बताएका हुन् ।

जनप्रदर्शनलाई सम्वाेधन गर्दै राईले ओलीका कदमहरू अझै खतरनाक हुनसक्ने भएका कारण आगामी केहि दिनहरू जनताका लागि सहज नहुने उल्लेख गरेका छन् । राईले काेराेना, अभाव र महंगीकाे मारमा परिरहेका जनतालाई बेमाैसमी निर्वाचनकाे वाजा बजाएर ओलीले देशलाई अस्थिरताकाे भूवरीमा फँसाएकाे आराेप लगाए ।

जन प्रदर्शनलाई जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, शरदसिंह भण्डारीलगायतले संवाेधन गरेका थिए ।
प्रकाशित मिति २०७७ पुस २९ गते बुधबार ०५:४६