२०८३ साउन २१ गते बिहीबार

जन्मस्थलमा ठडियाे कविशिरोमणि पौड्यालकाे पूर्णकदकाे सालिक

जन्मस्थलमा ठडियाे कविशिरोमणि पौड्यालकाे पूर्णकदकाे सालिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १४ गते शुक्रबार ०५:३६

पाेखरा । पोखरा महानगरपालिका-२७ अर्चलेमा स्व. कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । अर्चले कविशिराेमणिकाे जन्मस्थान हाे । पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको...

पाेखरा । पोखरा महानगरपालिका-२७ अर्चलेमा स्व. कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । अर्चले कविशिराेमणिकाे जन्मस्थान हाे ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो । सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले शुक्रबार सयूंक्त रूपमा अनावरण गरे ।

कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए ।

सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ ।

प्रकाशित मिति २०८१ भदौ १४ गते शुक्रबार ०५:३६
हजुरको प्रतिक्रिया