२०८३ असोज २५ गते आइतबार

एन्फा महिला लिग आजदेखि : उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

एन्फा महिला लिग आजदेखि : उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १६ गते आइतबार ०९:२६

दुई चरणमा हुने लिगको पहिलो चरण सिंगल राउन्ड रोबिनामा हुने हुनेछ । सिंगल राउन्ड रोबिनमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ ।

पोखरा ।

एन्फा महिला लिग आजदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

लिगमा साबिक विजेता एपिएफ क्लबसहित विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब तथा संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेश गरि १० टोलीको सहभागीता रहने अखिल नेपाल फुटबल सघ (एन्फा) ले जनाएको छ ।

दुई चरणमा हुने लिगको पहिलो चरण सिंगल राउन्ड रोबिनामा हुने हुनेछ ।

सिंगल राउन्ड रोबिनमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ ।

सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार प्रदान गरिने छ ।

प्रकाशित मिति २०८१ भदौ १६ गते आइतबार ०९:२६
हजुरको प्रतिक्रिया