२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाद्धारा एक सय दिनको उपलब्धी सार्वजनिक

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाद्धारा एक सय दिनको उपलब्धी सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २३ गते आइतबार ०७:०१

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो एक सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।

पाेखरा ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो एक सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।

गत जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको मन्त्री थापाले आफुले गरेका महत्वपूर्ण कामका उपलब्धी सार्वजनिक गरेका हुन् । सय दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा स्वास्थ्यतर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए ।

प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरुमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम संचालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको मन्त्री थापाले उल्लेख गरे । फ्राइडे फर फियुचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनको भनाइ छ ।

क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरि विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको मन्त्री थापाले बताए । बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको थापाले उल्लेख गरे ।

 

द्वन्द्वपीडित बेपत्ता, घाइते, अपाङ्ग, शहिद परिवार र विपन्न महिलाको उद्यम, व्यवसाय तथा रोजगारी प्रवद्र्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको सामाजिक विकास मन्त्री थापाले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, हेरचाह गर्न नसक्ने नागरिकलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवम् पुनस्थापना कार्यक्रम मन्त्रालयले सञ्चालन गरेको उनको भनाइ छ ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविकामार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान सञ्चालनमा ल्याइएको मन्त्री थापाले बताएका हुन् ।

प्रकाशित मिति २०८१ भदौ २३ गते आइतबार ०७:०१
हजुरको प्रतिक्रिया