काठमाडौं ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीलेविश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रमपर सार्नुस् भनेर झुटबोलेको आरोप लगाएका हुन् ।
उनले भने,‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा.सन्दुक रूइत जानुभयो । हामी गयौं ।लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौं भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए । उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।
उनले भने‚‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती दिए ।उनले कांग्रेस–एमालेलाई विद्यार्थी सङ्गठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए ।
प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ०२:४५




