पोखरा ।
पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता, मिस पोखरा २०२४ का लागि आभ्या क्लव घारीपाटनले प्रमुख इभेन्ट पार्टनरको भूमिका निर्वाह गर्ने भएको छ।
यसबारे दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्दै इभेन्ट पार्टनरका रूपमा आभ्या क्लव पाेखरा जाेडिएकाे जनाएका हुन् । सम्झौताअनुसार, आभ्या क्लवले मिस पाेखराकाे २०२४ का प्रमुख कार्यक्रमहरूको आयोजनामा सघाउने उल्लेख छ ।
आभ्या क्लवका व्यवस्थापक निर्देशक निरोज लामा र कार्यक्रम संयोजक कृपा श्रेष्ठको नेतृत्वमा यस क्लबले प्रतियोगिताका लागि महत्वपूर्ण योगदान पुर्याउनेछ। कृपा श्रेष्ठले मिस पोखरासँगको विशेष सम्बन्धलाई अझ सुदृढ गर्दै प्रतियोगितालाई उत्कृष्ट बनाउने उद्देश्य रहेको बताइन्।
कार्यक्रममा इभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङ र प्रमुख संयोजक श्री कृष्ण सुनारले मिस पोखरा लाई थप सफल बनाउनका लागि सहकार्यमा जुट्ने प्रतिवद्धता जनाए।
यस सम्झौताले मिस पोखरा २०२४ लाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ। क्लवले प्रतियोगिता र यससँग सम्बन्धित प्रमुख कार्यक्रमहरूको आयोजना गर्दै जानेछ।
यो प्रतियोगिता, पोखरामा हुने सौन्दर्य प्रतियोगितामध्ये एक महत्वपूर्ण प्रतियोगिता हो, जहाँ युवतीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गर्छन्।
प्रकाशित मिति २०८१ भदौ २६ गते बुधबार १०:२३




