२०८३ कात्तिक ११ गते मंगलबार

बागलुङ गाडी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

बागलुङ गाडी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ भदौ २८ गते शुक्रबार ०५:२८

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको गाडी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनखत भएको छ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपाली रहेको पुष्टि भएको हो ।

बागलुङ ।

शुक्रबार विहान भएको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटनामा गाडी चालक भुमे गाउँपालिका ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएका छन् । उनलाई धौलागिरी अस्पताल बागलुङमा ल्याएर उपचारपछि पोखरा पठाइएको प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उनको अवस्था गम्भीर रहेको पौडेल बताए । गलकोट नगरपालिका–२ का स्थानीय प्रेम बहादुर कार्कीले शुक्रबार विहान घाँस काट्न जाँदा दुर्घटनाग्रस्त पिकअप देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते पुनेको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । शवलाई गलकोट नगर अस्पताल हरिचौरमा लगिएको छ ।

प्रकाशित मिति २०८१ भदौ २८ गते शुक्रबार ०५:२८

हजुरको प्रतिक्रिया