२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३१ गते सोमबार ०९:४२

पोखरा महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउँदैछन्।

पाेखराका नयाँ प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं

पोखरा।

पाेखरा महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाकाे सरूवा भएकाे छ ।

थापा २०८० साउनमा सरुवा भइ पोखरा आएका थिए ।

दलबलसहित जापानकाे काेमागाने भ्रमणमा रहेका थापाकाे गृहमन्त्रालयमा सरूवा भएकाे जनाइएकाे छ । मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले थापाकाे सरूवा गरेकाे हाे । थापाकाे स्थानमा पोखरा महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउँदैछन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने काठमाण्डौं महानगरको नयाँ प्रशासकीयका रूपमा रुपमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई सरुवा गरिएको छ  ।

मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले गरेकाे सरूवाकाे पूर्ण विवरण हेर्नुहाेस् ।

प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार ०९:४२
हजुरको प्रतिक्रिया