पोखरा।
पाेखरा महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाकाे सरूवा भएकाे छ ।
थापा २०८० साउनमा सरुवा भइ पोखरा आएका थिए ।
दलबलसहित जापानकाे काेमागाने भ्रमणमा रहेका थापाकाे गृहमन्त्रालयमा सरूवा भएकाे जनाइएकाे छ । मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले थापाकाे सरूवा गरेकाे हाे । थापाकाे स्थानमा पोखरा महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउँदैछन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने काठमाण्डौं महानगरको नयाँ प्रशासकीयका रूपमा रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई सरुवा गरिएको छ ।
मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले गरेकाे सरूवाकाे पूर्ण विवरण हेर्नुहाेस् ।
प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार ०९:४२