पोखरा ।
भुटानमा जारी साफ यू– १७ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा दिउँसो पौने २ बजेबाट शुरु हुनेछ ।
दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दा मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ ।
शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।
उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो यो समूहमा माल्दिभ्स पनि छ । पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ ।
निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जित निकालेको हो ।
भारतले समूह चरणको अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । पराजित भएको बंगलादेशले पनि अब माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ असोज ५ गते शनिबार ०९:५९