२०८३ असोज २५ गते आइतबार

साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकामाथि नेपालको ४–० गोलको जित

साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकामाथि नेपालको ४–० गोलको जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ७ गते सोमबार ०५:१७

नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए । यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दोब्बर गरे ।

पोखरा ।

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४–० को फराकिलो जित दर्ता गरेको हो ।

यो जितमा नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले दुई शुन्यको अग्रता बनाइसकेको थियो ।

नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए । यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दोब्बर गरे ।

सुजनले ३०औं मिनेटमा ह्याट्रिक पुरा गरे। सुजनको तीन गोलमा नेपाल पहिलो हाफमा ३–० को फराकिलो अन्तरको अग्रता बनाउन सफल रहयो ।

दोस्रो हाफमा पनि श्रीलंका खेलमा फर्कन सकेन भने ८३औं मिनेटमा विज्ञान खड्काले नेपालको लागि चौथो गोल गरे ।

यसरी नेपालले श्रीलंका विरूद्ध चार शुन्यको सानदार जितमा महत्वपुर्ण तीन अंक बनाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले हारेको थियो ।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका भुटानसँग ५–१ ले हारेको थियो ।

समुहमा बी मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटासँग खेल्नेछ । गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

यो समुहको दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन । सेमिफाइनल असोज १२ र फाइनल १४ गते हुनेछ ।

प्रकाशित मिति २०८१ असोज ७ गते सोमबार ०५:१७
हजुरको प्रतिक्रिया