२०८३ असोज २५ गते आइतबार

एएफसी यू–२० एशियन कप छनोट : नेपाल उज्बेकिस्तानसँग ६–० गोलले हा¥यो

एएफसी यू–२० एशियन कप छनोट : नेपाल उज्बेकिस्तानसँग ६–० गोलले हा¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ९ गते बुधबार ०५:४८

खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो । उनले बल रोक्ने क्रममा हातले छोएपछि रेफ्रीले रातो कार्ड देखाए ।

पोखरा ।

एएफसी यू–२० एसिया कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।

न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।

खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो । उनले बल रोक्ने क्रममा हातले छोएपछि रेफ्रीले रातो कार्ड देखाए ।

समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।

यो हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना कमजोर भएको छ ।

हारले शीर्ष स्थानमा पुग्ने सम्भावना सकिएको छ भने दोस्रो हुने सम्भावना पनि कमजोर भएको छ ।

नेपाल ३ खेलमा ३ अंकसहित तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तान २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।

समूहबाट शीर्ष हुने टोली यू–२० एसिया कप २०२५ मा छनोट हुनेछ । दोस्रो हुने टोलीको पनि एसिया कपमा पुग्ने सम्भावना छ ।

अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार बहराइनसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ असोज ९ गते बुधबार ०५:४८
हजुरको प्रतिक्रिया