२०८३ साउन २१ गते बिहीबार

धौरालीको ‘लिन आउँछु भन्थ्याै’ सार्वजनिक

धौरालीको ‘लिन आउँछु भन्थ्याै’ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार ०४:३६

चितवन। युवा गीतकार एवम् गजलकार दिग्गज धौरालीले कोरोना कहरकै बीच ‘लिन आउँछु भन्थ्यौ’ बाेलकाे गीत बजारमा ल्याएका छन । अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा गायिका उर्मिला लाम्गादेले स्वर भरेकी छन्। कविराज गहतराजको निर्देशन,...

चितवन। युवा गीतकार एवम् गजलकार दिग्गज धौरालीले कोरोना कहरकै बीच ‘लिन आउँछु भन्थ्यौ’ बाेलकाे गीत बजारमा ल्याएका छन ।

अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा गायिका उर्मिला लाम्गादेले स्वर भरेकी छन्। कविराज गहतराजको निर्देशन, सौरभ लामाको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको म्युजिक भिडियाेमा पूजा शर्मा र राज कटुवालकाे अभिनय रहेकाे छ । गीत बुढासुब्बा डिजिटलले बजारमा ल्याएकाे हाे ।

यसअघि ‘रहर छ सँगै हुने तिमीसँग’, सैबा होइ सैबा’ ‘कहाँ छ र जिन्दगीको भर तिमीबिना’, ‘सँगै जिउने सँगै मर्ने’, ‘सक्दिनँ कि बाँच्न’लगायतका चर्चित गीतका सर्जक धौरालीका लाेक, गजल, चलचित्रका गीत गरि करिब एकदर्जन गीतहरू बजारमा छन ।

प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार ०४:३६
हजुरको प्रतिक्रिया