२०८३ असोज २३ गते शुक्रबार

लोक गायक धनबहादुर गायकको निधन

लोक गायक धनबहादुर गायकको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १२ गते सोमबार १२:०६

पोखरा । कलाकार धनबहादुर गायकको निधन भएको छ । उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएका छन् । लामो समयदेखि उच्च रक्तचापको विरामी भएका उनलाई आइतबार प्रेसरले हानेपछि अस्पताल...

पोखरा । कलाकार धनबहादुर गायकको निधन भएको छ । उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएका छन् ।
लामो समयदेखि उच्च रक्तचापको विरामी भएका उनलाई आइतबार प्रेसरले हानेपछि अस्पताल लगिएको थियो ।
पोखरा १६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित गीतका सर्जक हुन् ।
गन्धर्व समुदायबाटै सारंगी र मादल लगायत वाद्यवादन हराउँदै गएपछि गायकको सक्रियतामा बाटुलेचौरमा पाठशाला खोलिएको छ ।
पाठशालामा सारंगी सिक्न जापान, कोलम्बियालगायत देशका संगीतप्रेमी समेत आउँछन् ।
गायकले पछिल्ला पुस्ताका संगीतप्रेमीलाई निःशुल्क सारंगी र संगीत सिकाउँदै आउएका थिए ।
प्रकाशित मिति २०७७ माघ १२ गते सोमबार १२:०६
हजुरको प्रतिक्रिया