२०८३ साउन २१ गते बिहीबार

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायो

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २३ गते बुधबार ०९:२५

यसअघि सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालले चौथो खेलमा भोली किर्गिस्तानसँग खेल्ने

पोखरा ।

काभा यू–२० पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हराएको छ ।

कोलम्बोको सुगाथा दासा रंगशालामा हिजो भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–२० ले जित्यो ।

यसअघि सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।

आउँदो शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोली छन् ।

नेपालले चौथो खेलमा भोली असोज २४ गते किर्गिस्तानसँग र पाँचौं तथा लिग चरणको अन्तिम खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

प्रकाशित मिति २०८१ असोज २३ गते बुधबार ०९:२५
हजुरको प्रतिक्रिया