२०८३ असोज २३ गते शुक्रबार

टी- १० लिग : करण र सोमपालको डेब्यू, दुवै विकेट विहिन

टी- १० लिग : करण र सोमपालको डेब्यू, दुवै विकेट विहिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १६ गते शुक्रबार ०२:२९

पाेखरा । युएईको टी–१० फ्रेञ्चाइज लिगमा नेपालका बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन् । बिहीबार सुरू भएको १० ओभरको प्रतियोगितामा सोमपालले मराठा अरेबियन्सबाट डेब्यू गरेका हुन् । सोमपालले नर्दन वारियर्सविरुद्धको खेलमा...

दुवै सम्मिलित टाेलीकाे विजयी शुरूवात

पाेखरा । युएईको टी–१० फ्रेञ्चाइज लिगमा नेपालका बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन् । बिहीबार सुरू भएको १० ओभरको प्रतियोगितामा सोमपालले मराठा अरेबियन्सबाट डेब्यू गरेका हुन् ।

सोमपालले नर्दन वारियर्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै २८ रन खर्चिए। कुनै विकेट लिन नसकेका सोमपालले पहिलो र अन्तिम ओभरमा बलिङ गर्ने अवसर पाएका थिए ।

खेलमा मरठाले वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको वारियर्सले २ विकेटको क्षतिमा १२७ रन जोड्यो । १२८ रनको लक्ष्य मारथाले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यता करण केसीले पुने डेभिल्सबाट टी-१० लिगमा डेब्यू गरेका छन् । उनले डेकन ग्लाडियर्सविरुद्धको खेलमा १ ओभर बलिङ गर्ने अवसर पाए । उनले उनले १ ओभरमा १७ रन खर्चिएका थिए भने विकेट लिएनन् । जसमा १ चौका र १ छक्का समावेश थियो ।

खेलमा करणको टिम पुनेले डेकनलाई ७ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको डेकनले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो । १०५ रनको लक्ष्य पुनेले ३ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। पुनेको जितमा केनर लेविसले २८ बलमा ५७ रन जोडे।

प्रकाशित मिति २०७७ माघ १६ गते शुक्रबार ०२:२९
हजुरको प्रतिक्रिया