२०८३ साउन २१ गते बिहीबार

अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ७ गते बुधबार ०९:०३

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रबारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुँदैछ ।

पोखरा ।

अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ’ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका ’ए’ का नितेश रेड्डीले २९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।

नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका ’ए’ का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

अमेरिकामा पर्सि शुक्रबारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुँदैछ ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ । ग्राान्ड प्रेरि स्टेडियममा सबै खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुने छन् ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृंखला नेपालले ’क्लिन स्वीप’ गरेको थियो ।

प्रकाशित मिति २०८१ कात्तिक ७ गते बुधबार ०९:०३
हजुरको प्रतिक्रिया