२०८३ असोज २५ गते आइतबार

एएफसी यु–१७ एसियन कप छनोट : समूह एफका खेलहरु आजदेखि हुँदै

एएफसी यु–१७ एसियन कप छनोट : समूह एफका खेलहरु आजदेखि हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ७ गते बुधबार १०:०८

नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु–१७ फुटबल टिमबीचको खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा आज जापानसंग खेल्दै

पोखरा ।

एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजदेखि कतारमा सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु–१७ फुटबल टिमबीचको खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ ।

एएफसी यु–१७ एसियन कप चारपटक जितिसकेको जापान नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो ।

नेपाल यु–१७ फुटबल टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पनि जापानविरुद्धको खेल एक्सपोजरका लागि अवसर हुने बताएका छन् ।

श्रेष्ठले प्रि–म्याच प्रेस कन्फेरेन्समा छनोटका लागि आफ्नो टिमले राम्रो तयारी गरेको र जापानसँग खेल्न तयार रहेको बताएका छन् ।

नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन् ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ । दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

प्रकाशित मिति २०८१ कात्तिक ७ गते बुधबार १०:०८
हजुरको प्रतिक्रिया