२०८३ असोज २५ गते आइतबार

एएफसी यू–१७ एसियन कप छनोट : नेपाल जापानसँग पराजित

एएफसी यू–१७ एसियन कप छनोट : नेपाल जापानसँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ८ गते बिहीबार ०८:४६

अब नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार आयोजक कतारको सामना गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

पोखरा ।

एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जापानसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियमा बुधबार राति भएको समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग नेपाल ९–२ ले पराजित भएको हो ।

जितसँगै समूह ‘एफ’मा जापानले तीन अंक जोडेको छ । नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो ।

उनले सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन ।

जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो। दाइचीले ह्याट्रिकसहित चार गोल गरे।

यस्तै, हिरोता असादाले पनि ह्याट्रिक पूरा गर्दा मैबुकी कासाइ र कैजी चोनानले एक गोल थपे ।

अब नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार आयोजक कतारको सामना गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा पूर्वविजेता जापानसँगै , कतार, र मंगोलिया छन् ।

 

प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०८:४६
हजुरको प्रतिक्रिया