२०८३ असोज २५ गते आइतबार

आईसीसी विश्वकप लिग– २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप लिग– २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ११ गते आइतबार ०९:२६

खेल राति सवा ९ बजे शुरु हुने छ । नेपाली टिम रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो । लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ ।

पोखरा ।

आईसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

खेल राति सवा ९ बजे शुरु हुने छ । नेपाली टिम रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो ।

लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

त्यस्तै नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । नेपालले दुवै टोलीसँग दुई–दुई खेल खेल्ने छ ।

नेपाल आईसीसी विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ ।

एउटा खेल वर्षाका कारण हुनसकेको थिएन । अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । आईसीसी विश्वकप लिग– २ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

प्रकाशित मिति २०८१ कात्तिक ११ गते आइतबार ०९:२६
हजुरको प्रतिक्रिया