२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानी प्रशिक्षकले दिए राजीनामा

पाकिस्तानी प्रशिक्षकले दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १२ गते सोमबार ०४:०३

ग्यारी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टि–२० टोलीको मुख्यप्रशिक्षकपदबाट राजीनामादिएकाछन् । किस्टनलाई यस वर्षको अप्रिलमादुई वर्षका लागिपाकिस्तानक्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो । तर उनले मात्र छ महिनामै आफ्नो पद त्याग गरेकाछन् । किस्टर्नको राजीनामाले पाकिस्तानको अष्ट्रेलियाभ्रमणभन्दा एक हप्ताअघिविवाद र असन्तुष्टि देखिएको छ ।

काठमाडौं ।

ग्यारी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टि–२० टोलीको मुख्यप्रशिक्षकपदबाट राजीनामादिएकाछन् । किस्टनलाई यस वर्षको अप्रिलमादुई वर्षका लागिपाकिस्तानक्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो । तर उनले मात्र छ महिनामै आफ्नो पद त्याग गरेकाछन् । किस्टर्नको राजीनामाले पाकिस्तानको अष्ट्रेलियाभ्रमणभन्दा एक हप्ताअघिविवाद र असन्तुष्टि देखिएको छ ।

पीसीबीले किस्टनको ठाउँमा टेस्ट टोलीकाप्रशिक्षक जेसन गिलेस्पीलाई अस्ट्रेलियाभ्रमणको लागिप्रशिक्षकबनाउने निर्णय गरेको छ ।
पाकिस्तानक्रिकेट बोर्ड र नवनियुक्तप्रशिक्षकहरू किस्टन र गिलेस्पीबीचअसन्तुष्टिबढ्दै गएको थियो । पीसीबीले दुवै प्रशिक्षकहरूलाई टोलीचयनको अधिकारबाटबञ्चितगर्दै छुट्टै छनोट समितिलाई यस जिम्मेवारीमा राखेको थियो । गिलेस्पीले यस विषयमाखुलेर असन्तोष व्यक्त गरेका थिए र तेस्रो टेस्ट खेल अघि ‘म त अब केवल खेल विश्लेषक बनेको छु, जुन मैले सम्झौता गरेको थिएन’भनेर प्रतिक्रियादिएकाथिए ।

किस्टनले यस विषयमा सार्वजनिक रूपमा केहीटिप्पणीनगरे पनिउनी समेत यस निर्णयमाअसन्तुष्ट रहेको बुझिएको छ । पाकिस्तानको नयाँकप्तानको घोषणा र टिमचयनको प्रक्रियामाकिस्टनको सुझावलाई बेवास्ता गरिएको थियो । नयाँकप्तानमोहम्मद रिजवानको घोषणा प्रेस कन्फरेन्समागर्दा बोर्ड अध्यक्ष मोहसिननकवी, चयन समिति सदस्यआकिबजावेद, र कप्तान र उपकप्तान सलमानआघामात्रउपस्थितथिए, जबकि किर्स्टन देशमै थिएनन् ।

पाकिस्तानले इंग्ल्याण्डसँगपहिलो टेस्ट गुमाएपछि तेस्रो पटकतीनमहिनामानयाँ चयन समितिबनाइएको थियो । यस समितिमाआकिबजावेद, अलीमडार, अजहर अली, असद सफिक र हसनचीमा समावेश थिए । प्रशिक्षकहरू र कप्तानलाई टिम चयन प्रक्रियाबाटहटाइएको थियो । दोस्रो टेस्ट जित्नकालागिमुल्तानमापुनःप्रयोग गरिएकापिचतयार गर्ने विचारको मूल योजनाकार अलीमडार रहेको बुझिएको थियो ।

किस्टनले आफ्नो ओडीआई कोचिङ क्षमताप्रदर्शन गर्न पाउनु अघि नै पद छोड्नुपर्ने अवस्थामाआइपुगे । पाकिस्तानले लामो समय लगाएर उच्चस्तरीय प्रशिक्षकखोजेपछिकिस्टनको नियुक्ति गरेको थियो । जसले भारतलाई २८ वर्षमा पहिलो ओडीआई विश्वकपजिताएकाथिए ।

किस्टनको पहिलो ठूलो प्रतियोगिता संयुक्त राज्य अमेरिकामाभएको टि–२० विश्वकपथियो, जसमापाकिस्तानले अमेरिका र भारतसँग पराजयभोग्दै पहिलो चरणमै प्रतियोगिताबाटबाहिरिएको थियो । यस पराजयपछिबाबर आजमले दोस्रो पटकह्वाइट–बल कप्तान पद छोडेका थिए । किस्टनलाई लामो समय दिएर टोलीनिर्माणको समय चाहिने बताइएको थियो, विशेष गरी सन् २०२५ मा घरेलु आईसीसीच्याम्पियन्स ट्रफीकालागि ।

पाकिस्तानको अष्ट्रेलियाभ्रमण, जसमातीनओडीआई र तीनटि–२० समावेश छन्, नोभेम्बर ४ मा मेलबर्नमा पहिलो ओडीआई खेलबाट सुरु हुँदैछ ।

प्रकाशित मिति २०८१ कात्तिक १२ गते सोमबार ०४:०३

हजुरको प्रतिक्रिया