२०८३ असोज २५ गते आइतबार

रास्वपाको प्रदर्शनमा पोखराका पत्रकारलाई प्रहरीले गर्‍यो कुटपिट

रास्वपाको प्रदर्शनमा पोखराका पत्रकारलाई प्रहरीले गर्‍यो कुटपिट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २० गते मंगलबार ०७:५४

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि समेत कुटपिट गरेको छ । प्रहरीले मंगलबार प्रदर्शनका क्रममा पब्लिक फोरके टेलिभिजनमार्फत प्रशारित कार्यक्रम गण्डकी छड्के कार्यक्रमका क्यामेरापर्सन...

पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि समेत कुटपिट गरेको छ ।

प्रहरीले मंगलबार प्रदर्शनका क्रममा पब्लिक फोरके टेलिभिजनमार्फत प्रशारित कार्यक्रम गण्डकी छड्के कार्यक्रमका क्यामेरापर्सन राजकुमार माझी र कान्तिपुर टेलिभिजनमा कार्यरत इन्द्रप्रसाद पौडेललाई लठ्ठी प्रहारसहित कुटपिट गरेको हो । प्रहरीको लठ्ठी प्रहारबाट माझी र पौडेलको शरिरमा चोट लागेको छ ।

प्रहरीको लठ्ठी प्रहारप्रति पब्लिक टेलिभिजन र नेपाल पत्रकार महासंघ कास्की र गण्डकीले घोर भत्र्सना जनाएको छ । टेलिभिजन र महासंघले विज्ञप्ती जारी गर्दै दोषीलाई तत्काल कारवाही गर्न र पत्रकारलाई निर्भिक रुपमा काम गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित मिति २०८१ कात्तिक २० गते मंगलबार ०७:५४
हजुरको प्रतिक्रिया