२०८३ असोज २५ गते आइतबार

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०३:१३

आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । 

काठमाडौं ।

 

आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ ।

 

बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो ।

 

एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।

 

यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो।

 

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०३:१३
हजुरको प्रतिक्रिया