२०८३ असोज २५ गते आइतबार

जोन्टी रोड्ससँग पोखरा एभेन्जर्सले गर्यो पोखरामा मोटरसाइकल ¥याली

जोन्टी रोड्ससँग पोखरा एभेन्जर्सले गर्यो पोखरामा मोटरसाइकल ¥याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०७:११

एभेन्जर्सले बिहीबार गरेको उक्त ¥याली पोखराको फिसटेल गेटबाट हल्लनचोक, जिरो किमि, सभागृह, महेन्द्रपुल,, अमरसिंह, पृथ्वीचोक, मुस्ताङचोक हुँदै पुनः फिसटेल गेटमा पुगेर सकिएको थियो ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल) को टी पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ ।

एभेन्जर्सले बिहीबार गरेको उक्त ¥याली पोखराको फिसटेल गेटबाट हल्लनचोक, जिरो किमि, सभागृह, महेन्द्रपुल,, अमरसिंह, पृथ्वीचोक, मुस्ताङचोक हुँदै पुनः फिसटेल गेटमा पुगेर सकिएको थियो ।

¥यालीमा राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डासहित एभेन्जर्सका मेन्टर तथा दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पनि सहभागी थिए । जोन्टीले नेपाली क्रिकेटको विकास गर्न इन्फास्टक्चर र थप सुविधा आवश्यक रहेको बताए ।

नेपाल प्रिमियर लिगमा पोखरेलीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल ¥याली गरेको हो । एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले ¥यालीले पोखरेलीको ध्यान खिच्न सहयोग पुग्ने बताए । उनले एभेन्जर्सले गण्डकीको प्रदेशको प्रतिनिधित्व गर्ने र अधिकांश गतिविधि पोखरा केन्द्रित गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्कि रहेको पोखरा एभेन्जर्समा चार विदेशी खेलाडीसमेत भित्राइसकेको छ । एभेन्जर्सले विदेशी खेलाडीको रुपमा अमेरिकाका आन्द्रेस गौस, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप र र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध गरेको हो । एनपिएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०७:११
हजुरको प्रतिक्रिया