पोखरा
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जिबी राईलाई पक्राउ गर्नु नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकारसम्मेलन गर्दै सरकारले नै जिबी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् ।
समितिका अध्यक्ष किरण श्रेष्ठले जिबी राईलाई ल्याउदा अरु नेता पनि जोडिने डरले सबै दलले जिबीलाई संरक्षण गरेको आरोप लगाए । ‘जिबी राईलाई नेपाल ल्याउदा रास्वपाको अर्काे नेता जोडिने । कांग्रेस, एमालेको ठूला नेता जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जिबी राईलाई संरक्षण गरेको हो की जस्तो देखिन्छ,’ उनले भने ।
उनले सरकारले चाहेको खण्डमा भोलि नै जिबीलाई नेपाल ल्याउन सकिने दाबी गरे । ‘सरकारले चाहने हो भने पैसा फिर्ता मात्रै होइन । जिबी राईलाई भोलि नेपाल ल्याउन सक्छ जस्तो लाग्छ हामीलाई,’ उनले भने, ‘राज्यले चाहने हो भने नसक्ने भन्ने विषय हो जस्तो लाग्दैन । सहकारीको समस्यामा राजनीति गर्नुपर्ने । सहकारीको समस्यामा बच्ने बचाउने सहमति गर्नुपर्ने अवस्था सरकारीले गरिराखेको छ ।’
उनले सामाजिक सञ्जालमा आएका कुराहरुले भ्रम छर्न खोजेको स्पष्टिकरण दिए । उनले भ्रम फैलाउने अकाउण्डहरु राष्ट्रिय स्वतन्त्र पार्टीका आधिकारिक पनि भएको र प्रहरीलाई बुझाएको बताए ।
प्रकाशित मिति २०८१ कात्तिक २३ गते शुक्रबार ०२:४५




