२०८३ असोज २५ गते आइतबार

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु 

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:४७

नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

विराटनगर ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । विराटनगरकालागि प्लेयर अफ द म्याच टिका साहले ३८ रन बनाउँदा सानु राजवंशीले १२ रन तथा पूर्णिमा राजवंशी र प्रिन्सा मगरले १०–१० रनको योगदान दिइन् । राजविराजकी बन्दना रजक, अपेक्षा यादव र साक्षी यादवले २–२ विकेट लिइन् ।

१ सय ५ रनको विजयी लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ८ विकेट गुमाई ६७ रन मात्र बनायो । राजविराजकी दिपा रामले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी स्मारिका गौतमले ३ विकेट र अंशु मण्डलले २ विकेट इिन् । यी दुइविचको दोस्रो खेल आइतबार हुने छ ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:४७

हजुरको प्रतिक्रिया