२०८३ साउन २१ गते बिहीबार

पोखरामा भजन कृतन प्रतियोगिता तथा महाआरती हुँदै

पोखरामा भजन कृतन प्रतियोगिता तथा महाआरती हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०३:५७

आशिर्वाद क्लब अफ नेपालको आयोजनामा मंसिर १५ गते पोखरा–१३, आर्वा महाप्रभुधाममा आयोजना हुन लागेको हो । सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै धार्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आर्शिवाद क्लब अफ नेपालका अध्यक्ष अर्जुन बरालले जानकारी दिए ।

पोखरा ।

पोखरामा भजन कृतन प्रतियोगिता तथा महाआरती आयोजना हुने भएको छ ।

आशिर्वाद क्लब अफ नेपालको आयोजनामा मंसिर १५ गते पोखरा–१३, आर्वा महाप्रभुधाममा आयोजना हुन लागेको हो । सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै धार्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आर्शिवाद क्लब अफ नेपालका अध्यक्ष अर्जुन बरालले जानकारी दिए ।

कार्यक्रममा सहभागि हुनका लागि न्यूनतम १० जना देखि अधिकतम ३० जनाको समुह हुनु पर्नेछ । प्रतियोगितामा भाग लिन इच्छुक समूहले मंसिर १२ गते ४ बजेसम्म फोन कल अथवा आफैँ उपस्थित भएर नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क २००० तोकिएको छ । सहभागि टोलीले आफ्नो वाद्यवाद्यनको व्यवस्था स्वंयम आफैँले गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिको प्रकृतिको दौरान, स्टेजको ताल अधिक भएको समूहलाई विशेष प्राथमिकता दिइनेछ । सहभागिको संख्या, प्रस्तुति, गायनका शब्द र लय, कथामा प्रवेश, शब्द चयन, वाद्यवाद्यनसँगको सम्बन्ध, भेषभुषा, झाकी तथा श्रृंगार, नृत्य, अभिनय एंव अनुशासनलाई मूल्याङकनको मूख्य आधार बनाइने अध्यक्ष बरालले जानकारी दिए । प्रत्येक समूहलाई प्रस्तुतिका लागि १२ देखि १५ मिनेटको समय दिइनेछ ।

कार्यक्रम मंसिर १५ गते विहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ४०,०००, द्धितिय हुने टोलीलाई रु. २५,००० र तृतीया हुने टोलीलाई रुं १०,००० पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए । यसका साथै वाद्यवाद्यन, नृत्य र भेषभूषाका लागि अतिरिक्त पुरस्कारको रुपमा प्रत्येक समूहलाई रुं ५,००० र सबै सहभागी समूहलाई (विजयी समूह बाहेक) सम्मान स्वरुप रु. ४,००० प्रदान गरिने आयोजनाले जनाएको छ ।

क्लबले विगतदेखि नै थुप्रै कार्यक्रमहरु गदैं आएको छ । क्लबले विगतमा निःशूल्क आँखा शिविर, आर्शिवाद साहित्यिक साँझ, कविता वाचन प्रतियोगिता, रक्तदान कार्यक्रम, सरसफाइ तथा तस्विन वितरण कार्यक्रम, खेलकुद तथा शैक्षिक सामग्री वितरण तथा भलिबल प्रतियोगिता जस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष बरालले बताए ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०३:५७

हजुरको प्रतिक्रिया