२०८३ असोज २३ गते शुक्रबार

नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ३० गते शुक्रबार ०२:३९

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् ।

काठमाडौं ।

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र  नेपालको पैसा नेपालमै रहनुपर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनुपर्छ ।  मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट टे«निङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु ।’

साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए । उनले तीन गते कसैले नसोचेको  र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए ।

प्रकाशित मिति २०८१ कात्तिक ३० गते शुक्रबार ०२:३९
हजुरको प्रतिक्रिया